हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हल्दिबारी वडा नं. १ ले खेलाडी तथा कर्मचारीलाई गर्यो सम्मान

हल्दिबारी, २८ फागुन । हल्दिबारी गाउँपालिका वडा नं. १ ले झापा जिल्ला स्थरिय १३ औं राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिताको विजेता खेलाडीहरुलाई सम्मान गरेको छ ।

Advertisement

वडा नं. १ का अध्यक्ष देवी बहादुर थापाको अध्यक्षतामा भएको खेलाडी सम्मान कार्यक्रममा वडा नं. १ बाट प्रतिनिधित्व गर्ने प्रज्वल रायमाझी, युनिस आङ्दाम्वे, अस्मिता कोलले प्रथम स्थान हासिल गर्दै हल्दिबारीको गौरव उच्च राखेका थिए त्यसै गरि सोनी योङ्हाङ, शान्ती मुर्मु, अरुण राई, जितेन राईले तृतिय स्थान हासिल गरेका थिए । सम्मानित हुने विद्यार्थीहरु जनजागृती मा.वि. मा अध्ययनरत विद्यार्थीहरु रहेको वडा अध्यक्ष थापाले बताउनु भएको छ ।

Advertisement

उनिहरुलाई वडा अध्यक्ष देवी बहादुर थापा वडा सदस्यहरु शान्ता शिवाकोटी, प्रकाश कुमार कार्की, कुल बहादुर वान्तवा, रुपादेवी रसाईली हल्दिबारी गाउँ शिक्षा समितिका सदस्य धर्मराज शिवाकोटी लगायतले प्रमाण प्रत्र, मायाको चिनो र अबिर खाँदा लगाउदै सम्मान गर्नु भएको थियो । उक्त कार्यक्रममा वडा अध्यक्ष देवराज थापा, गाउँ शिक्षा समिति सदस्य धर्मराज शिवाकोटी, स्थानीय समाजसेवी दिलकेशर थापा, जनजागृती मा.वि. की प्रधान्यापक इन्द्रीरा चुडाँल, गरमकाली आ.वी.का प्र.अ. राम प्रसाद पराजुली लगायतले शुभकामना दिनु भएको थियो ।

त्यसै गरि उक्त कार्यक्रममा वडामा कार्यरत कम्प्युटर अपरेटर कर्मचारी मुना श्रेष्ठलाई उत्कृष्ट कार्य गरे वापत सम्मान गरिएको थियो भने वडामा नयाँ कर्मचारीको रुपमा पाल्नु भएका मदन अधिकारीलाई समेत सम्मान गरिएको थियो ।उक्त सम्मान कार्यक्रमलाई वडा सदस्य प्रकाश कुमार कार्कीले स्वागत गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण वडा सचिव तुलशा खत्रीले गर्नु भएको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)