हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हल्दिबारी १ को सम्सकरा शिक्षा सदनले मनायो विद्यालयको वार्षिक उत्सव

हल्दिबारी एक गोल्धाप बजारमा रहेको सम्सकरा शिक्षा सदनले विद्यालयको वार्षिक उत्सव तथा सास्कृतिक कार्यक्रम भव्यताकासाथ सम्पन्न गरेको छ ।

Advertisement

हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनको प्रमुख आतिथ्यता तथा विद्यालयका प्रिन्सिपल धर्मेन्द्र अधिकारीको अध्यक्षतामा भएको बार्षिक उत्सव तथा सास्कृतिक कार्यक्रममा विद्यालयका साना साना नानिहरुले गायन तथा नृत्य द्धारा अतिथि तथा अभिभावकहरु लाइ मनोरञ्जन दिलाएका थिए । शिक्षामा उत्कृष्टता भन्ने मुलनाराका साथ २०७४ बाट सञ्चालनमा आएको सम्सकरामा ४१० विद्यार्थी रहेका छन भने ८ कक्षा सम्म अध्यापन हुने गरेको विद्यालयका प्रिन्सिपल धर्मेन्द्र अधिकारीले जानकारी दिनु भएको छ ।

Advertisement


उक्त विद्यालयको बार्षिक उत्सव कार्यक्रमलाई प्रमुख अतिथि रविन्द्र प्रसाद लिङ्देन, वडा नं. १ का वडा अध्यक्ष देवी बहादुर थापा, अभिभावक नेत्र प्रसाद पौडेल, विद्यालयका प्रिन्सिपल धर्मेन्द्र अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।


विद्यालयकी शिक्षीका अंशु बास्कोटाले स्वागत गर्नु भएको कार्यक्रमको सहजिकरण शिक्षक द्वय शान्ता उप्रेती र बासुदेव बस्नेतले गर्नु भएको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)