सुनसरी – सुनसरीमा गुडिरहेको मोटरसाइलबाट खसेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनसरीकै बर्जु गाउँपालिका–३ बस्ने ३६ वर्षीया चन्द्रकलादेबी राय रहेकी छन् ।

७ प ५६५ नम्बरको मोटरसाइकलमा पछाडी सवार राय गएराति साढे १ बजे मोटरसाइकलबाट खसेर घाइते भएकी भएपछि अस्पताल पुर्याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए।

मोटरसाइकलका चालक मृतक महिलाका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।