हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

उडिरहेको विमानमा यात्रुको मृत्यु, पाकिस्तानमा आकस्मिक अवतरण

बीबीसी -उडानकै क्रममा विमानभित्र एक यात्रुको मृत्यु भएपछि भारतीय निजी वायुसेवाको एउटा विमानले पाकिस्तानमा आकस्मिक अवतरण गरेको छ।दिल्लीबाट सोमवार दोहाका लागि उडेको इन्डिगो विमानमा उक्त दुःखद घटना भएको थियो।

Advertisement

मृतक नाइजिरियाका नागरिक भएको बताइएको छ।विमानचालकले ती यात्रुले “सास फेर्न छोडेको र उनको नाडीको गति हराएको” जानकारी दिएपछि विमान कराचीतिर मोडिएको कराचीस्थित विमानस्थलले जनाएको छ।भारत र पाकिस्तानबीच प्रत्यक्ष हवाई उडान छैन।इन्डिगोको उक्त विमानमा १६३ यात्रुहरू थिए।

Advertisement

सोमवार मध्यराततिर उक्त विमानले जिन्ना टर्मिनल इन्टरन्याश्नल एअरपोर्टमा अवतरण गरेको थियो।पाकिस्तानको नागरिक उड्डयन निकायका अनुसार उडिरहेको विमानमा ६० वर्षे यात्रुले निकै असहज महसुस गरेपछि विमानचालकले कराचीको एअरट्राफिक कन्ट्रोललाई सम्पर्क गरेर चिकित्सक र एम्बुलेन्स उपलब्ध गराइदिन अनुरोध गरेका थिए।

कराचीमा परीक्षण गर्दा विमानस्थलको मेडिकल टोलीले अकस्मात् बिरामी परेका ती यात्रु जीवित नरहेको घोषणा गर्‍यो।कराचीबाट चार घण्टापछि विमान आफ्नो गन्तव्यतिर फेरि उड्यो।इन्डिगोले एउटा विज्ञप्ति जारी गर्दै विमानमा यात्रुको मृत्यु भएकोमा दुःख व्यक्त गरेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)