हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

किरियापुत्री बसेका बडाल उपराष्ट्रपति निर्वाचनमा सहभागी

झापा,  ३ चैत । उपराष्ट्रपति चयनका लागि मतदान भइरहेको छ । बुबाको किरियापुत्री बसेका गण्डकी प्रदेशसभा सदस्य प्रकाश बडाल पनि मतदान कार्यमा सहभागी भएका छन् ।

Advertisement

 

Advertisement

कांग्रेस नेतासमेत रहेका उनी आठ दिनदेखि बुबाको आशौच बारिरहेका छन् । तर, उनी उपराष्ट्रपति चयनका लागि भएको निर्वाचनमा सहभागी हुन सेतो लुगा लगाएर पुगेका छन् ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेबाट मतदान कार्य सुरु भएको छ ।

 

निर्वाचन आयोगका अनुसार मतदान कार्य अपरान्ह ३ बजेसम्म चल्नेछ । उपराष्ट्रपति पदमा रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य र ममता झाले उम्मेदवारी दिएका छन् । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मतदातामा संघीय संसद र प्रदेशसभा सदस्य रहनेछन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)