हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

तीन दिन मेघगर्जन र चट्याङसहित वर्षा हुने : मौसम पूर्वानुमान महाशाखा

काठमाडौँ- स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभावले देशका कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement

महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार आगामी तीन दिनसम्म अपराह्नपछि देशका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । अहिले काठमाडौँसहित देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । देशका पश्चिम र सुदूरपश्चिम क्षेत्रका अधिकांश स्थानमा वर्षा भएको छ ।

Advertisement

महाशाखाले जारी गरेको मौसम विवरणअनुसार भोलि शनिबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ/हावाहुरीसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

चैत ५ गते आइतबार देशको पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)