हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हल्दिवारीमा भीषण आगलागी , १८ लाख बराबरको नोक्सानी

हल्दिवारी ,३ चैत । हल्दिवारी -१ साविक गोलधाप ७ मा आज भएको आगलागीबाट मानवीय क्षती नभएपनि पशुधन लगायत १८ लाख बराबरको पारम्भिक नोक्सानी भएको वडा अध्यक्ष देवी बहादुर थापाले बताउनु भएको छ ।
स्थानीय निर्मला आचार्यको घरमा बिजुली सट भएर आगलागी भएको वडा अध्यक्ष थापाले जानकारी दिनुभएको छ । आगलागीबाट ४ वटा खसी बाख्रा , ५० मन धान , घर ,ग्वाली ,परालको माझ समेत पुर्ण रूपमा क्षती भएको छ भने एउटा गाईको बाछो आधा जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
आगो नियन्त्रण गर्न भद्रपुरबाट आएको बारुदयंत्र , प्रहरी र स्थानीयको सहयोग रहेको थियोे । आचार्य परिवारको घरमा भएको आगलागीबाट मानवीय क्षती नभए पनि खाद्यान्न देखी लत्ताकपडा पुर्ण रूपमा जलेर नस्ट भएको र छरछिमेकिबाट रात गुजारा गर्न व्यवस्था मिलाएको वडा अध्यक्ष थापाले बताउनु भयो ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)