हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

खोलाका माछा सबै मरेर माछाहरूले नदीको सतह नै यसरी ढाके, दृश्य देख्नेहरु सबैको मन रोयो

काठमाडौं । खोलाभरीका माछा सबै मरेका घटेका बिरलै सुनिन्छन् । जसमध्येको एक हो अष्ट्रेलियाको न्यू साउथ वेल्सको मेनिन्डी सहरको घटना ।

Advertisement

जहाँको एउटा इलाकामा बिहानै उठ्ने बित्तिकै उनीहरुले यस्तो कुरा देखे जसले उनीहरुको मन नै रोयो । उक्त नदीमा लाखौँ माछाहरु मरेको अवस्थामा फेला परेका थिए । डार्लिङ–बाका नदी तातो लहरले प्रभावित भएको र सोही कारण माछा मरेको बिबिसीले जनाएको छ ।

Advertisement

यही खोलामा करिब साडे २ अघि पनि यस्तै घटना घटेर कैयौँ माछा मरेका थिए । जलवायु परिवर्तनका कारण विश्वभर गर्मीको प्रकोप बढेको अनुसन्धानबाट खुलेको छ । हालै पहिले भन्दा पनि ठूलो संख्यामा माछा मरेका कारण अधिकारकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)