समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

धर्म ,सस्कृती रितिरिवाजको जगेर्ना गर्न युवा उठ्नु पर्छ : राजेन्द्र लिङ्गदेन

झापाको हल्दिवारी ३ स्थित स्वर्गद्वारी धार्मिक क्षेत्रमा आयोजना गरिएको ब्रह्म महापुराण धान्यचल सप्ताहको उदधाटन गर्दै राप्रपाका महामन्त्री समेत रहेका सभासद राजेन्द्र लिङ्गदेनले युवाहरूलाई आफ्नो सस्कृती ,परम्परा ,रितरिवाजको जगेर्ना गर्न लाग्नु पर्ने बताउनु भएको छ ।

Advertisement

नेपालमा आफ्नो धर्म , सस्कृतीलाई सुनियोजित तरिकाले आक्रमण हुदा समेत हामी तमासा हेरेर बसिरहेनु दु:खद बिषय भएको लिङ्गदेनको भनाई थियोे । नेपालीहरुको महान चाड दसैलाई समेत बहिष्कारको नाममा नेपाली नेपाली बिच बिखण्डन ल्याउने खेल भएको लिङ्गदेनको भनाई थियोे ।

Advertisement

गणतन्त्रको नाममा हाम्रो हिन्दु धर्म सस्कृतीलाई सक्नेकाम भएको हुदा सबै मिलि बिखण्डनकारीलाई छोडनु नहुनेमा उनको जोड थियो । मित्र रास्ट्र भारतमा हिन्दु धर्मको बिरोध गरेमात्र आगो बल्छ तर हामी हाम्रो आमा सरहको धर्म सस्कृतिलाइ सक्नलाग्दा समेत हेरिरहेका छौ भन्दै दुख व्यक्त गरे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article