हल्दिवारी (झापा), ७ चैत । संविधान सभाका सदस्य तथा नेपाली काङ्ग्रेसका नेता गणेशप्रसाद बिमलीको निधन भएको छ । उपचारका लागि दिल्ली लगिएका नेता बिमलीको आज बिहान २ बजे निधन भएको बिमली समाजका महासचिव सरोज कुमार बिमलीले बताउनु भयो ।

भारतको नयाँ दिल्ली स्थित महात्मा गान्धी क्यान्सर अस्पतालमा फोक्सोको क्यान्सरको उपचाररत बिमलीको उपचार असम्भव भएपछि घरल्याउने क्रममा बाटोमै निधन भएको बताइएको छ ।

तत्कालीन दोस्रो संविधान सभाका सदस्य एवं बिमली बन्धु समाजका संरक्षक समेत रहेका बिमली २०२८ शालमा भएको झापा हत्या काण्डमा मारिएका सहिद बिस्णु प्रसाद बिमलीका छोरा हुन ।
परिवारजन सदस्य तथा बिमली समाजका महासचिव सरोज बिमलीका अनुसार आज राति १० बजे सम्ममा शवलाई झापा बिर्तामोड स्थित घरमा ल्याई पुर्याउने छ भने भोली १० बजे उनको पार्थिक शरीरलाई कन्काई आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने छ ।