कविता
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

कबतिा : सुरम्य जीवन

– दयानन्द गोस्वामी

Advertisement

मैंले गवेषणा गर्दा सुरम्य जीवनको
शेषाङ्क शुन्यता बाहेक केही रहेन ।

Advertisement

अरण्यमय अनकण्टार ती पथहरु
जहाँ बढदै प्रत्येक दृढ पाइलाहरु।

गतकिो सीमा लाई उलंघन गर्दा
जीवनको सकट सन्तुलति चलेन।

तनमय तमोरका सारा झंकारहरु
छंदमय तरंग कुनै सरगम भएन।

नुपूरका हरेक मोहक छमछमहरु
मनमा सजीएका मठिा सपनाहरु।

स्वर्णमि अतीतका सारा पलहरु
कल्पति सुरभ िसरोवर मा बगेन।

मैंले गवेषणा गर्दा सुरम्य जीवनको
शेषांक शुन्यता बाहेक केही रहेन।

वभिु(नृपको चाहीँ सन्तत िहुँ म
अथवा हुँ कुनै दरीद्र फकरिीको।

आत्मा सबैको एकै हो प्राणीको
प्रकार यस्को कहल्यिै बदलयिेन।

प्रत्येक मुण्ड मुण्ड सबै ज्ञाणी हो
तर धरामा कोही जनानुकूल भएन।

माधुर्यमय प्रयि हुन्छ आत्मा लाई
कर्कष वाणी अन्तर हृदयले सहेन।

मैंले गवेषणा गर्दा सुरम्य जीवनको
शेषांक शुन्यता बाहेक केही रहेन।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article