दैलेख – दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना भएको छ । दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।नेपालगन्जबाट दैलेख आउँदै गरेको भे १ ख २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका ४ मा दुर्घटना भएको हो ।

ट्रक सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेको थियो । तल खस्दा ट्रकमा सवार ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखमा डीएसपी किशोर लम्सालले बताए ।

दुर्घटनमा परी मृत्यु हुनेमा ३० वर्षीय चालक कृष्ण चौधरी, कामदारहरु २५ वर्षीय लक्षिराम चौचरी र २२ वर्षको विष्णु चौधरी रहेका छन्। ।सहचालक प्रकाश कुमाई भने सकुशल रहेको प्रहरीले जनाएको छ। माथिल्लो मोडबाट तल्लो मोडमा खसेको ट्रकका कारण बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ।
फाइल फाेटाे