हल्दिबारी डटकम
Hover Ad Article
कृषि
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

हल्दिवारीका कृषकलाई जुनसुकै सहयोग गर्छौ : अध्यक्ष रवीन्द्र लिङ्गदेन

 हल्दिवारी मत्स्य पालक कृषक समुहले एकदिवसीय अन्तरक्रिया कार्यक्रम समुहका अध्यक्ष कृण्ण प्रसाद प्रसाईको सभापतित्व तथा गाउँ पालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेनको प्रमुख आतिथ्यमा सम्पन्न गरेको छ। “हल्दिवारीको दृस्ठि कृषि र पर्यटन मार्फत समृद्धि ” भन्ने नारा सहित अगाडि बढेको गाउँपालिकाले ” हल्दिवारीको बाचा ,झापा भरी माछा भन्दै कार्यक्रम अगाडि बढाएको छ।

Advertisement

Advertisement

भेलागढी सामुदायिक बन , सहिद स्मारक पार्कमा आयोजना गरिएको बनभोज तथा अन्तरक्रिया कार्यक्रममा हल्दिवारी क्षेत्रका ३९ माछा कृषक हरुको सहभागीता रहेको थियोे ।

हल्दिवारीमा व्यवसायीक रूपमा ४१ फर्म ,समुहले माछा पालन गर्दै आएका छ्न । माछा पालक कृषकलाई चारो ,भुरा र बजार व्यवस्थापन को लागी गाउँपालिकाले जुनसुकै सहयोग पुर्याउने प्रमुख अतिथी समेत रहेका गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेनले उद्घोषण गरे ।

माछाको उचित बजार र व्यवस्थापनमा माछा पालन कृषकले ध्यान दिए ,बाहिर बाट आयदित माछा लाई हल्दिवारी गाउँपालिकामा रोक लगाउने समेत अध्यक्ष लिङ्गदेनले बताए ।

कार्यक्रममा झापा उधोग बाणिज्य संघ झापाका अध्यक्ष नवराज पनेरू ,समुहका अध्यक्ष कृण प्रसाद प्रसाईले मन्तव्य राख्नु भएको थियोे । उक्त कार्यक्रमको स्वागत सुर्य बहादुर राईले गरेका थिए भने सहजीकरण हरि गौतमको रहेको थियोे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)