हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

झापा गाउँपालिका-दुई बालबालिका अहिले सम्म वेपत्ता

झापाको झापा गाउँपालिकाबाट दुई बालबालिका वेपत्ता भएका छन् । झापा-२ स्थित बालुवाटारकि १४ वर्षीया रोजिका घोर्साने र सोही स्थान बस्ने १७ वर्षीय किरन कार्की वेपत्ता भएका हुन् ।

Advertisement

दुबै बालबालिका चैत्र ३ गते स्कुल जान्छु भनी हिडेका तर घर नफर्केको परिवारले बताएको छ।विद्यालयमा परिक्षाको मुखैमा दुई बालबालिका वेपत्ता भएपछी परिवारमा चिन्ता बढेको छ। ´भात पनि रुचेको छैन,सबै खोज्यौ कहिकतै सम्पर्कमा आउन सकेनन भावुक हुँदै रोजिकाका बुबाले झापा एक्सप्रेसलाई बताए।

Advertisement

प्रहरीलाई समेत जाहेरी दिऔं तर प्रहरी समेतले सुराक हार पार्न सकेको छैन । सुचनाका सबै प्रविधिको उपयोग गर्दा समेत वेपत्ता बालबालिकाको अहिले सम्म कहिकतै पत्ता लाग्न सकेको छैन। यता प्रहरीले यस विषयमा सूक्ष्म अनुसन्धान गरिरहेको बताएको छ।प्रहरीले हराएका बालबालिकाकोबारे सबै आफन्त सँग सोधपुछ गर्दा पनि पत्ता लाग्न नसकेको बताएको छ।हराएका बालबालिकाको वारे उनीहरुका साथीसँग बुझ्दा दुबैले एकअर्कामा विवाह गर्ने भन्ने सल्लाह गर्दै थिए भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

बालबालिकाको कलट्रेस र डिटेल्सबाट समेत खोजिकार्य गर्ने प्रहरीले जनाएको छ। यता आफ्ना साना नानी हराएको पिडामा रहेका परिवारले आफुलाई सम्पर्क गर्न नसके कतै अन्यको सम्पर्कमा समेत आइदिन अनुरोध समेत गरेका छन् ।अथवा कहिकसैले देखे 9815048490 नम्बरमा सम्पर्क गरिदिन अनुरोध गरेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)