हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

वडा अध्यक्ष र सचिव घुससहित अख्तियारको फन्दामा

जनकपुर, ९ चैत । जनकपुरधाम उपमहानगरपालिकाका वडाअध्यक्षसहित वडा सचिव घुसकाृ रकमसहित पक्राउ परेका छन् ।

Advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवासको टोलीले जनकपुरधाम–११ का वडाध्यक्ष अर्जुन चौधरी र वडा सचिव माधव रायलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको हो ।

Advertisement

अख्तियारको टोलीले वडाध्यक्ष चौधरी र वडासचिव रायलाई जानकी मन्दिर नजिकै रहेको रोहन होटेलबाट ५० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

सो वडाका एक सेवाग्राहीसँग जग्गा दर्ता कायम गर्न सरजमिनका लागि भन्दै मागेको ५० हजार रुपैयाँ घुस लिदै गर्दा अख्तियारको बर्दिवासबाट खटेको टोलीले दुवै जनालाई रंगेहात पक्राउ गरेको हो ।

पक्राउ परेका वडा अध्यक्षा र वडा सचिव माथी थप अनुसन्धान र कारबाहीका लागि हिरासतमा राखिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)