हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

खल्तीएपको बदमासी सेवाग्राहीको खाताबाट ७० लाख रकम चोरी

काठमाडौँ । डिजिटल वालेट ‘खल्ती’ का दुईजना कर्मचारीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । सेवाग्राहीको खाताबाट रकम चोरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका एसएसपी दिनेश आचार्यले रातोपाटीलाई बताए ।

Advertisement

पक्राउ पर्नेमा रामेछाप घर भएका अनिल कार्की र कैलाली घर भएका सन्देश स्वाँर छन् । उनीहरुले सेवाग्राहीको खाताबाट ७० लाख रकम चोरी गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

Advertisement
‘सेवाग्राहीको खातामा होल्ड भएको रकम आरोपीहरुले निकालेको देखिन्छ’ एसएसपी आचार्यले भने–‘उनीहरुविरुद्ध ठगी मुद्दामा अनुसन्धान भइरहेको छ ।’

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)