हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

प्रतिनिधि सभा उपसभामुख इन्दिरा राना मगर द्वारा झापाका हात्ती पीडित स्थानीय संग भेटघाट तथा अनुगमन

झापा । प्रतिनिधि सभा उपसभामुख इन्दिरा राना मगरले झापाका हात्ती पीडित स्थानीय संग भेटघाट तथा अनुगमन गरेकी छन् ।

Advertisement

उपसभामुख मगरले अर्जुनधारा ४ जुकेखाडीका स्थानीय संग आज भेटघाट संगै अनुगमन गर्दै हात्ती नियन्त्रणका लागि पहल गर्ने बताइन् ।

Advertisement

स्थानीय क्षेत्रका नागरिक दैनिक जंगली हात्ती बाट पीडित बन्दै आएका छन् । दैनिक जंगली जनावरले दु:ख दिने गरेको र राज्य बाट रोकथामका लागि सहयोग गरिदिन स्थानीयले उपसभामुख राना मगर लाई सुझाएका थिए ।


राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष उमेश खरेलले नागरिकको सुरक्षा र जनजिबिकाका सवालमा आवाज उठाउने बताउदै आफ्नो पार्टीका तर्फबाट पनि पहल गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा रास्वपाका प्रदेश इन्चार्ज ओम भण्डारी, बिर्तामोड नगर कमिटी अध्यक्ष शम्भु भण्डारी,अर्जुनधारा नगर कमिटी सदस्य लगायतको उपस्थिति रहेको थियो ।

यस्तै राना मगरले पुर्वी प्रवेश द्गार काकरभिट्टाको मेची पुल र देवकोटा पार्कको पनि अनुगमन गरेकी छन् । झापा बसाईको क्रममा देखिएका समस्यालाई सम्बोधन गर्न सक्ने गरि कार्य योजना निर्माण गर्दै कार्यनयन गर्ने उनले प्रतिबद्धता ब्यक्त गरेकी छिन् ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)