हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

झापा र पर्साबाट यस्तो अबस्थामा समातिए सुरेश र बृजेश

काठमाडौं, १३ चैत । झापा र पर्साबाट लागुऔषधसहित दुईजना पक्राउ परेका छन् । झापाको बिर्तामोड नगरपालिका(३ पुण्डरी चोकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ८ सय मिलिग्रामसहित ईलाम चुलाचुली गाउँपालिका(४ बस्ने २७ वर्षीय सुरेश लिम्बुलाई  प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

Advertisement

पर्साको कालिकामाई गाउँपालिका(१ तिनदुविया गाउँ बस्ने ३८ वर्षीय बृजेश प्रसाद कुर्मीलाई अवैध लागुऔषध चरेश जस्तो देखिने बस्तु करिब १० केजीसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त परिमाणको लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)