स्वास्थ्य
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

महिनावारी गडबडीलाई निको पार्न देखि क्यान्सर लाग्नबाट बचाउने कुरिलो खानुका यस्ता छन् फाइदा

काठमाडौं – हाम्रो भान्सामा उपलब्ध हुने अधिकांश सागसब्जीमा औषधीय गुण रहेका हुन्छन् । तर, तिनको प्रयोग कसरी गरिन्छ भन्नेले फाइदा र बेफाइदा गर्छ । हरियो सागशब्जीमा आफैँमा फाइदाजनक हो । अझ कुरिलोमा त झनै स्वास्थ्यका लागि फाइदै फाइदा हुन्छ । सुप वा तरकारी बनाएर खान मिल्ने कुरिलोमा प्रशस्त मात्रामा भिटामिन, प्रोटिन, फाइबर तथा क्याल्सियमसहित विभिन्न पौष्टिक तत्व पाइने भएकाले स्वास्थ्यका लागि निकै लाभदायिक मानिन्छ ।

Advertisement

कुरिलोको तरकारी वा सुप बनाएर खाँदा शरीर दुखेका, शारीरिक दुर्बलता हटाउन र महिलाहरुमा हुने महिनावारी गडबडीलाई निको पार्न सहयोग गर्छ ।सुत्केरी महिलाहरूमा दूध नआउने समस्या हटाउन पनि कुरिलो खान सकिन्छ भने यसको जरा सुकाएर धूलो पारेर दूध तथा मनतातो पानीमा मिलाएर खाने गर्नाले पुरुषहरूको वीर्य बढाउन पनि मद्दत गर्छ ।

Advertisement

कसैलाई पिसाब पोल्ने समस्यामा भएमा कुरिलो खाएमा ठिक हुन्छ । कुरिलोको नियमित सेवनले क्यान्सर हुनबाट बचाउनुको साथै पाचन प्रणालीमा सुधार, पेटको ट्युमर, घाँटीमा हुने संक्रमणलगायत रोग निको पार्ने काम पनि गर्छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article