हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

काँकरभिट्टा मेची पुलबाट लागुऔषधि सहित दुई जना पक्राउ

भद्रपुर, १५ चैत । झापाको मेचीनगरस्थित मेचीपुलबाट प्रहरीले लागुऔषधिसहित दुई युवालाई पक्राउ गरेको छ ।

Advertisement

इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले हिजो बेलुका मेचीनगर–६ स्थित पुरानो मेचीपुलमा भारतबाट नेपालतर्फ आउँदै गरेका दुई युवालाई पक्राउ गरेको हो ।

Advertisement

मे १० प ३८०७ नम्बरको स्कुटी चालक शिवसताक्षी–१ का २४ वर्षीय प्रजन्त राई र स्कुटी पछाडी सवार बाँके नेपालगञ्ज–६ घर भई हाल बिर्तामोड–१ मा डेरा गरी बस्दै आएका २१ वर्षीय शोहन भडेललाई शंका लागि चेकजाँच गर्दा स्कुटीको भाईजरमा लुकाई छिपाई ल्याउँदै गरेको प्रतिबन्धित लागुऔषध खैरो हिरोइन जस्तो देखिने लिसाइलो पदार्थ चार ग्राम फेला परेकाले उनीहरुलाई स्कुटीसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काकँरभिट्टामा राखी थप अनुसन्धान भइरेहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)