खेलकुद
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

क्यानले घोषणा गर्‍यो एसीसी प्रिमियर कप खेल्ने प्रारम्भिक टोली, पहिलो खेल मलेसियासँग खेल्ने

काठमाडौं –  नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा गरेको छ। जसमा कुशल भूर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, सन्दीप जोरा, श्याम ढकाल (मौसम), कमल सिह ऐरी, अर्जुन साउद, सूर्य तामाङ, किशोर महतो र देव खनाल छन्।

Advertisement

एसियन क्रिकेट काउन्सिल (एसीसी)को आयोजनामा आगामी वैशाख ५ गतेदेखि नेपालमै हुने प्रतियोगिताका लागि बुधबार क्यानले २१ खेलाडीको प्रारम्भिक टोली घोषणा गरेको हो।

Advertisement

वैशाख १८ गतेसम्म चल्ने प्रतियोगितमा कुल १० राष्ट्र सहभागी छन् । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरि प्रतिस्पर्धा गराइनेछ। नेपाल समूह ‘ए’ मा छ। नेपालले पहिलो खेल वैशाख ५ गते मलेसियासँग खेल्नेछ।

नेपालको समूहमा मलेसिया, साउदी अरब, कतार र ओमन रहेका छन्। त्यस्तै समूह ‘बी’ मा बहराइन, कुवेत, सिङ्गापुर, हङकङ र युएई छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article