हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

वाग्मती सरकारको प्रवक्तामा मन्त्री गंगानारायण श्रेष्ठ

वाग्मती । वाग्मती प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठलाई प्रदान गरिएको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले मन्त्री श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।

Advertisement

यस्तै बैठकले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा सिन्धुलीका प्रा डा नरबिक्रम थापालाई नियुक्त गरेको नवनियुक्त प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

Advertisement

आगामी वैशाख १ गतेबाट प्रदेश सरकार मातहतका सरकारी कार्यालयहरुमा बिद्युतीय हाजिर लागू गरिने र न्वागी र लदी पर्बको अवसरमा समुदायगत रुपमा बिदा दिने निर्णय बैठकले गरेको मन्त्री श्रेष्ठले जनाउनुभयो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)