हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

पत्रकार महासंघ झापाको वेबसाइट सार्वजनिक , मर्यादित पत्रकारितामा जोड

बिर्तामोड, चैत १६। नेपाल पत्रकार महासंघको ६८औं स्थापना दिवसको सन्दर्भमा झापा शाखाले आफ्नो वेबसाइट सार्वजनिक तथा मर्यादित र व्यवसायिक पत्रकारिताबारे अन्तरक्रिया सम्पन्न भएको छ ।

Advertisement

बिहीबार बिर्तामोडस्थित नेपाल पत्रकार महासंघ झापा शाखाको कार्यालयमा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि महासंघका पूर्व केन्द्रीय महासचिव चन्द्र भण्डारीले गरेका थिए । प्रमुख अतिथि भण्डारीले डिजिटल प्रविधिबाट महासंघ झापाको वेबसाइट (fnjjhapa.org.np)लाई सार्वजनिक गरे ।

Advertisement

महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा वेबसाइट डिजाइन गर्ने कफि कोडेर्स प्रा.लि.का सञ्चालक सुमन सापकोटाले त्यसका फिचरका बारेमा जानकारी गराएका थिए ।
महासंघ झापा शाखाले इ–पुस्तकसहित सदस्यहरुको विवरण, महासंघका गतिविधि र आवश्यक दस्तावेज वेबसाइट मार्फत सार्वजनिक गरेको छ ।

कार्यक्रमका वक्ताहरुले मर्यादित पत्रकारितामा जोड दिएका छन् । प्रमुख अतिथि भण्डारीले स्वस्थ, मर्यादित, इमान र निष्ठाको पत्रकारिता हुनुपर्ने बताए । झापाली पत्रकार हुनुमा आफूलाई गर्व महशुस भएको भन्दै भण्डारीले हरेक पत्रकारले इमानलाई प्राथमिकतामा राखेर कही कमजोरी गरेको भए तत्काल सच्चिनुपर्नेमा जोड दिए ।
महासंघ कोशी प्रदेशका कोषाध्यक्ष बुद्धि लामिछाने विमलले मर्यादित पत्रकारिताका लागि पत्रकारले आफ्नो व्यक्तिगत आचरण सुधार्नुपर्नेमा जोड दिए । महासंघ झापाका पूर्व अध्यक्ष गोविन्द चन्द छेत्रीले पत्रकारिता मर्यादित र व्यवसायिक बनाउन सबै सरोकारवाला जिम्मेवार ढंगले अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा फनिजका नेता दिपीन राई, प्रेस युनियनकी केन्द्रीय सचिव रेजिना रोदन, प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र निरौला, युनियन झापाका कार्यवाहक अध्यक्ष गिरीराज भट्टराई, प्रेस सेन्टरका प्रदेश महासचिव सुजन तिम्सिना, प्रेस चौतारी झापाका उपाध्यक्ष प्रदिप परियार, समाजवादी प्रेस संगठनका जिल्ला संयोजक अनिलदेव राईले शुभकामना व्यक्त गरेका थिए । अतिथि वक्ताले महासंघ झापाले पत्रकारको हितमा उदाहरणीय काम गरेको भन्दै प्रशंसा गरेका थिए । 1महासंघ झापाकी उपाध्यक्ष सुशिला संग्रौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव डिकेश लामाले गरेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)