हल्दिबारी डटकम
Hover Ad Article
साहित्य
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

कविता : यो देश कता छ ?

त्यो कोचको, कोशी नदी
त्यो मेचेको, मेची नदी खोई कता छ?
कहाँ पुग्यो, आदिबासीहरुको
पुर्खा कै, ईतिहास खोई कता छ ??
कहाँ गए, यहाँका
देउनीया, जिमिन्दार खोई कता छ?
कसले लगायो, तिनका
जग्गामा, हदबन्दी खोई कता छ??
सनपाट रोपेर, जुटमिल बनाए
त्यो जुटमिल, कता छ?
सुर्ती खेती गरि, बनाए चुरोट कारखाना
त्यो फ्याक्ट्री, कता छ??
पहाड झर्यो, बसाइँसराइ गर्यो
हाम्रो बिराटनगर, बिर्तामोड कता छ?
कसले थुपारेर तिनलाई, बनायो पुर्खाबासी,
यिनका ईतिहास, कता छ??
आदिबासी भए, नागरिकता बिहीन,
सुकुम्बासी, कता छ?
भुटानी शरणार्थी भए, देशका आफन्त
तिनका बासस्थान, कता छ??
ईतिहास हाम्रो, शासन तिम्रो
तिम्रै शासन, सत्ता छ?
पहिचानले, छुट्याउछ संघीयता
यो हाम्रो देश, कता छ??
  •  जय कोचिला
  • जय पुर्खाबासी।
कचनकवल :-३, दल्की झापा
हाल :- मलेसिया
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)