हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हल्दिबारीका ५४७ विद्यार्थीले आजदेखी एसईई परिक्षा दिदैं

हल्दिबारि, १७ चैत । यसवर्षको एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) परीक्षा आजदेखि सुरु हुँदै छ । एसईईमा यसवर्ष नियमित र ग्रेडवृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी हुँदै छन् । बिहान ८ बजेदेखि सुरु हुने परीक्षा चैत २९ गते सकिनेछ ।

Advertisement

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार २०७९ मा एकैवर्ष दुईवटा एसईई हुने भएको छ । यसअघि, वर्ष २०७८ का लागि २०७९ वैशाख ९ देखि २० गतेसम्म एसईई सञ्चालन भएको थियो ।

Advertisement

हल्दिबारी गाउँपालिकाबाट ५४७ विद्यार्थीले एसईई परिक्षामा सहभागी हुन लागेको गाउँपालिका प्रवत्ता तथा वडा नं. १ का अध्यक्ष देवी बहादुर थापाले जानकारी दिनु भयो । थापाका अनुसार हल्दिबारी मा.वि.बाट १५७ जना, महेन्द्र मा.वि. ३९, लक्ष्मी मा.वि. ४६, पञ्चायत मा.वि. १३, सिग्मा अंग्रेजी स्कुल २३, क्यानरी एकडेमी २२, चिल्ड्रेन गार्डेन अंग्रेजी मा.वि. ६७ जनाले एइइ परिक्षा दिदैछन् ।

त्यसै गरि जनजागृति मा.वि. १२०, सरस्वती मा.वि. २४, चिल्ड्रेन गार्डेन एकडेमी १९ र सनसाईन अंग्रेजी विद्यालयका १७ जना विद्यार्थीले एसईईमा भाग लिइ रहेको प्रवत्ता थापाले जानकारी दिनु भएको छ । हल्दिबारी गाउँपालिकामा रहेका हल्दिबारी मा.वि. परिक्षा केन्द्र र जनजागृती परिक्षा केन्द्रमा परिक्षा संचालन भइ रहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)