नेपाल उधाेग वाणिज्य महासंघकाे हुन गैरहेकाे ५७ औं साधारण सभा तथा निर्वाचनमा झापाका उधाेग व्यवसायीले वस्तुगततर्फ उपाध्यक्ष पदमा हेमराज ढकाललाई उमेद्वार बनाउने घाेषणा गरेका छन ।

आईतवार झापाकाे विर्तामाेड स्थित सिद्धार्थ हाेटलमा नेपाल चिया उत्पादक संघले पत्रकार सम्मेलन मार्फत उक्त जानकारी दिएकाे हाे । ढकाल नेपाल चिया उत्पादक संघका पुर्व केन्दिय सचिव एवम वर्तमान सदस्य हुन ।

उनी नेपाल उध्याेग वाणिज्य संघकाे वर्तमान केन्द्रीय सदस्य तथा विषयगत समिति स्वास्थ्य तथा सीप विकास समितिका सभापति समेत हुन ।
उनी झण्डै ३ दशकदेखि उधाेग वाणिज्य एवम विदेशी मुद्रा आर्जन गर्ने चिया,अलैंची ,अदुवा,सुपारी ,भेनियर,प्लाईउड,कुचाे,रवर जस्ता कृषिजन्य वस्तुका आन्तरिक तथा निर्यात व्यापार प्रवर्द्धन तथा यसमा आवद्द किसान,व्यवसायी तथा निर्यातकर्ताकाे समस्या समाधानमा पहल गर्दै आएका छन ।
कृषि जन्य सामाग्रीकाे व्यवसायीकिकरण तथा व्यवसायीकाे हक हितमा सधै अग्रपंक्तिमा रहेर काम गर्ने भएका कारण वस्तुगत उपाध्यक्षमा उनलाई अघि सारिएकाे झापाली उधाेग व्यवसायीहरुकाे भनाइ तथा एक्यवद्धता रहेकाे छ ।
नेपाल उधाेग वाणिज्य महासंगकाे ५७ अौ वार्षिक साधारण सभा तथा निर्वाचन यही चैत्र २८ र २९ गते काठमाडौंमा सम्पन्न हुँदैछ ।उनलाई जिताउन महासंघ कोशी प्रदेश संस्थापक अध्यक्ष टीकाराज ढकाल, महासंघका केन्द्रिय सदस्य उमेश डालमिया, तारानाथ घिमिरे, नेपाल अलैर्ची ब्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई, नेपाल सुपारी महासंघ अध्यक्ष देबीप्रसाद खतिवडा, नेपाल भेनीयर महासंघ अध्यक्ष दीपक पाण्डे, नेपाल अधुवा उत्पादक संघका अध्यक्ष टोम राजवंशी, नेपाल इटा उद्योग महासंघ उपाध्यक्ष मदन मित्तललगायतले ढकाललाई समर्थन गर्दै जिताउन प्रतिवद्धतासमेत गरेका छन् ।
नेपाल उधाेग वाणिज्य महासंघकाे हुन गैरहेकाे ५७ औं साधारण सभा तथा निर्वाचनमा झापाका उधाेग व्यवसायीले वस्तुगततर्फ उपाध्यक्ष पदमा हेमराज ढकाललाई उमेद्वार बनाउने घाेषणा गरेका छन ।
आईतवार झापाकाे विर्तामाेड स्थित सिद्धार्थ हाेटलमा नेपाल चिया उत्पादक संघले पत्रकार सम्मेलन मार्फत उक्त जानकारी दिएकाे हाे । ढकाल नेपाल चिया उत्पादक संघका पुर्व केन्दिय सचिव एवम वर्तमान सदस्य हुन ।
उनी नेपाल उध्याेग वाणिज्य संघकाे वर्तमान केन्द्रीय सदस्य तथा विषयगत समिति स्वास्थ्य तथा सीप विकास समितिका सभापति समेत हुन ।
उनी झण्डै ३ दशकदेखि उधाेग वाणिज्य एवम विदेशी मुद्रा आर्जन गर्ने चिया,अलैंची ,अदुवा,सुपारी ,भेनियर,प्लाईउड,कुचाे,रवर जस्ता कृषिजन्य वस्तुका आन्तरिक तथा निर्यात व्यापार प्रवर्द्धन तथा यसमा आवद्द किसान,व्यवसायी तथा निर्यातकर्ताकाे समस्या समाधानमा पहल गर्दै आएका छन ।
कृषि जन्य सामाग्रीकाे व्यवसायीकिकरण तथा व्यवसायीकाे हक हितमा सधै अग्रपंक्तिमा रहेर काम गर्ने भएका कारण वस्तुगत उपाध्यक्षमा उनलाई अघि सारिएकाे झापाली उधाेग व्यवसायीहरुकाे भनाइ तथा एक्यवद्धता रहेकाे छ ।
नेपाल उधाेग वाणिज्य महासंगकाे ५७ अौ वार्षिक साधारण सभा तथा निर्वाचन यही चैत्र २८ र २९ गते काठमाडौंमा सम्पन्न हुँदैछ ।
उनलाई जिताउन महासंघ कोशी प्रदेश संस्थापक अध्यक्ष टीकाराज ढकाल, महासंघका केन्द्रिय सदस्य उमेश डालमिया, तारानाथ घिमिरे, नेपाल अलैर्ची ब्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई, नेपाल सुपारी महासंघ अध्यक्ष देबीप्रसाद खतिवडा, नेपाल भेनीयर महासंघ अध्यक्ष दीपक पाण्डे, नेपाल अधुवा उत्पादक संघका अध्यक्ष टोम राजवंशी, नेपाल इटा उद्योग महासंघ उपाध्यक्ष मदन मित्तललगायतले ढकाललाई समर्थन गर्दै जिताउन प्रतिवद्धतासमेत गरेका छन् ।