हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हल्दिवारीका ५० भन्दा बढी व्यवसायी आन्तरिक राजस्वको कर मिस्म्याचमा

हल्दिवारी २०, चैत्र । हल्दिवारी गाँउपालिका भित्र व्यापार व्यवसाय गर्ने ५० भन्दा बढि व्यवसायी आन्तरिक राजस्व कार्यलय चन्द्रगडीकाे कर मिस म्याचमा परेका छन ।

Advertisement

राजस्व कार्यलयले जारी गरेकाे सुचनामा उनिहरु सहित २५ सय भन्दा बढि झापाका व्यवसायीलाई तत्काल गर तिर्न आहवान गरिएकाे छ।

Advertisement

हल्दिवारी उधोग बाणिज्य संघले यसै विषयलाई मध्यनजर गरि भाेलि २१ गते मंगलबारका दिन अन्तरक्रिया कार्यक्रम आयोजना गरेको संघका अध्यक्ष सुमन मैनालीले जानकारी दिनु भयो ।

अन्तरक्रिया कार्यक्रममा हल्दिवारी क्षेत्रमा व्यापार व्यवसाय गरेर बस्ने सबैलाई उपस्थितका लागि सार्वजनिक आह्वान समेत गरेको छ ।

अन्तरक्रियामा व्यवसायीका समस्या र करमा देखिएको समस्याका बारेमा कर कार्यालयका प्रमुख शुभ रिजालले जानकारी दिने कार्यक्रम राखिएको संघका महासचिव कृष्ण प्रसाद प्रसाईले बताउनु भयो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)