हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

रवि लामिछाने र महान्यायाधिवक्ता दिनमणि पोखरेल विरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध युवराज पौडेल (सफल) को रिट सर्वोच्चमा दर्ता भएको छ ।

Advertisement

अमेरिकी नागरिकता लिएपछि पनि नेपाली नागरिकताबाटै राहदानी लिएको भन्दै लामिछाने विरुद्ध उजुरी परेको थियो। त्यसमा प्रहरीले अनुसन्धान गरेर मुद्दा चलाउन नमिल्ने प्रतिवेदन दिएको थियो।

Advertisement

प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकीलको कार्यालयले मुद्दा नचलाउने निर्णय गर्न सिफारिश गरेको थियो। त्यसका आधारमा महान्यायाधिवक्ता दिनमणि पोखरेलले चैत ६ गते मुद्दा नचलाउने निर्णय गरेका थिए।

महान्यायाधिवक्ताको निर्णय विरुद्ध अधिवक्ता युवराज पौडेल (सफल) ले रिट दिएका हुन्। सोमबार सर्वोच्च अदालतले रिट दर्ता गरेको अधिवक्ता पौडेलले बताए।

रिटमा महान्यायाधिवक्ताको कार्यालयसँगै लामिछानेलाई पनि विपक्षी बनाइएको छ। यसमा मंगलबार पेशी तोकिएको रिट निवेदक सफलले बताए।

यसअघि उनले नै लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता नलिएकाले सांसद पदका लागि योग्य नभएको भन्दै रिट दिएका थिए। त्यसमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरेको थियो।

गत म‌ंसीर ४ गते भएको निर्वाचनमा लामिछाने निर्वाचित भएको चितवन-२ मा आउँदो वैशाख १० मा उपनिर्वाचन हुँदै छ। त्यसमा लागि लामिछानेले सोमबार उम्मेदवारी दर्ता गराइसकेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)