हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

ऋणिको घरमा NIC बैङ्ककाे सेक्युरेटी गार्ड, चाैतर्फी आलाेचना

एनआइसी एसिया बैकले समयमा किस्ता रकम नबुझाएको भन्दै एक ऋणिको घरमा सेक्युरेटी गार्ड पठाएको छ । बैकको यस कार्यको अहिले स्थानीय रुपमा सर्वत्र आलोचना गरिएको छ । बैँकले पैसा उठाउन चालेको यस कदमलाई दादागिरी शैली अपनाएको भन्दै सर्वत्र निन्दा समेत गरिएको छ ।

Advertisement

दमक नगरपालिका ५ का दुर्गाप्रसाद कडेँलको घरमा ३ दिनदेखि बैकले घरमा बैँकका सुरक्षागार्ड पठाएको हो । हाल कडेँलको घरमा दैनिक ९ बजेदेखि बेलुकी ५ बजेसम्म घरको दैलोमा सुरक्षाकर्मी राख्ने गरेको छ । आफुले व्यावसायमा समस्या आएकोले ३ महिना अगाडिदेखि बैँकमा साँवा ब्याज हाल्न नपाएको घरधनी कडेँलले बताउँनुभयो ।

Advertisement

४ दिनपहिले बैँकले जति हुन्छ त्यति रकम लिएर आउनु भनेकोमा आफुसग भएको १० हजार रुपैँया लगेर भौचर हालेकोमा सोहिदिनदेखि बैँकले आफ्नो धितोको सुरक्षा गर्न भन्दै एकजना नियमित रुपमा सुरक्षागार्ड राखिदिने गरेको घरधनी कडेँलले बताउँनुभयो । बैँकमा आफ्नो १ करोड रुपैया ऋण लिएकोमा अब साँबा ब्याज गरेर ९७ लाख रुपैँया तिर्न बाकी रहेको कडेँलले बताउँनुभयो । घरमा पाहुनाहरु आउँदा सुरक्षा गार्डले सलाम हान्ने गरेको बताउँदै आफ्नो समाज र आफन्तजनमा बेइज्यती भएको श्रीमती चन्द्रकला कडेँलले बताउँनभयो । बैँकले समयमा साँबा ब्याज नतिर्दा चिठ्ठी काट्ने, सुचना टास्ने र लिलामीको प्रक्रिया गर्नुपर्नेमा घरमै सुरक्षाकर्मी पठाएर आफुहरुलाई बन्धक बनाउँदा स्वतन्त्रपुर्वक बाच्न पाउने हकबाट बञ्चित गराएको कडेँल परिवारको गुनासो रहेको छ ।

यसवारेमा नेपाल राष्ट्रिय बैँकका सहयाक प्रवक्ता नारायणप्रसाद पोखरेल एनआईसी मात्रै नभएर कुनैपनि बैँकले यसरी ऋणिको घरमा सुरक्षागार्ड राख्नु केन्द्रिय बैँकको निति विपरित भएृको बताउँनुभयो । बैँकले आफ्नो सम्पत्तिको सुरक्षा र कर्जा असुलीका अन्य थुप्रै तैरतरिका हुदाहुदै बैँकले यसो गर्नु बैँकको निति विपरित भएको प्रवक्ता पोखरेलले बताउँनुभयो ।

यता एनआइसी एसिया बैँकका दमक साखा प्रबन्धक तीर्थ प्रधानले दमकमा ऋणिको घरमा बैँकले सुरक्षागार्ड पठाएको बताउँदै यसको सम्पुर्ण जिम्मेवार बैँकको केन्द्रिय समितिले हेर्ने भएकोले किन सुरक्षागार्ड पठाइयो भन्नेवारेमा आफुलाई केहिपनि जानकार नभएको बताउँनुभयो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)