हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पद्वारा अदालतमा आत्मसमर्पण

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूमाथि लागेका आरोपहरू झुटा भएको दाबी गरेका छन्।

Advertisement

मंगलबार  म्यानहटनस्थित अदालतमा उपस्थित भएका ट्रम्पले आफूमाथि लगाइएका आरोपहरू झुटा भएको बताएका हुन्। अदालतमा उपस्थित गराउनुअघि ट्रम्पलाई प्रहरीले हिरासतमा लिएको थियो। ७६ वर्षीय ट्रम्प विरूद्ध ३४ मुद्दा दर्ता भएका छन्। अमेरिकाका पूर्व राष्ट्रपति विरुद्ध मुद्दा दर्ता भएको पहिलो पटक हो।

Advertisement

सन् २०१६ को राष्ट्रपतीय निर्वाचनअघि ट्रम्पले पूर्व पोर्नस्टार स्टर्मी डेनियलसँग कायम गरेको यौनसम्बन्ध र त्यसलाई गोप्य राख्न दिएको एक लाख ३० हजार अमेरिकी डलरलाई मुख्य मुद्दा बनाइएको जनाइएको छ। यस्तै‚ अवैध रूपमा सम्पत्ति जोडेको, ह्वाइटहाउसबाट महत्त्वपूर्ण कागजपत्र गायब गरेको, चुनावी परिणाम अस्वीकार गर्दै ह्वाइट  हाउसमा आक्रमण गराएको लगायत मुद्दा लगाइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)