हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

(हनिट्रयाप) मा परे पूर्व खानेपानी मन्त्री अब्दुल खान

काठमाडौँ । जनमत पार्टीका नेता अब्दुल खान सेक्स ट्रयापमा परेका छन् । पूर्व खानेपानी मन्त्री समेत रहेका अब्दुल खानको तस्विर र भिडियो माजिक सञ्जालको प्राइभेट ग्रुपमा भाइरल भएपछि उनले आँफ्नो अनुहारमा तस्विर जोडेर अश्लिल गराइएको उनले दाबी गरेका छन् ।

Advertisement

सुरुमा युवतीको तस्बिर र नाममा फेसबुकबाट कुराकानी गरेको समु्हले पछि ह्वाट्सएप मार्फत कुराकानी गरेको देखिन्छ । मन्त्री खानसँग केही दिन प्रोफेसनल कुराकानी गरेपछि एकाएक ह्वाट्सएपमा सम्पर्क गरी अश्लील हर्कत सुरु गरेका थिए ।

Advertisement

त्यसपछि पूर्वमन्त्री खानले पनि अश्लील हर्कत गरेको भिडियोमा देख्न सकिन्छ । भारतीय र पाकिस्तानी गिरोहले ह्वाट्सएपमा भएको भिडियो कलको स्क्रिन रेकर्ड गरी पूर्वमन्त्री खानसँग रकमको बार्गेनिङ गर्न थालेपछि उनले उक्त समुहलाई सबै तिरबाट ब्लक गरिदिएपछि उनले सो गिरोहले पूर्वमन्त्री खानको फेसबुकमा भएका अन्य साथीहरुलाई उक्त अश्लिल सामाग्री पठाउन सुरु गरेका हुन् ।

यस विषयमा पूर्वमन्त्री खानले आँफुले कुनै अश्लिल हर्कत नगरेको र आँफुलाई फसाउनका लागि उक्त गिरोहले आफ्नो अनुहारमा अनुकै शरीर फोटोसप गरेर हालेर आफ्नो चरित्र हत्या गर्न खोजेको आरोप लगाएका छन् । यस विषयमा उनले जिल्ला प्रहरी कार्यालयमा उजुरी गरिसकेको बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)