हल्दिवारी ,२२ चैत । हल्दिबारी गाउँपालिका – ४ स्थित श्री पाथिभरा कालिका सामुदायिक वन समूहको वन क्षेत्रभित्र तस्करहरुले अवैध रुपमा काटेको अवस्थामा २ थान साख जातका गोलिया फेला परेको छ ।
एसियाकै जैविक विविधताले भरिएको जलथल जङ्गलमा तस्करहरूको अबैध रुपमा काठ चोरी तथा सिकारी बढेको छ भने स्थानीय प्रहरी प्रसासन समेत उनीहरु संगको मिलोमतोमा काम गरिरहेको स्थानीय बताउछ्न ।
जलथल जङ्गलका विभिन्न क्षेत्रमा सयौं विभिन्न जातका रुखहरु काटिएका छ्न भने जिल्ला बन डिभिजन कार्यालय पनि तस्करहरु सगै मिलेको अवस्था रहेको एक उपभोक्ता ले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा बताएका छ्न ।
उपभोक्ताहरु सचेत नभएसम्म वन जोगाउन सकिंदैन :- समुदायलाई एकिकृत बनाएर उनीहरुमा सामुहिक भावनाको विकास गरी समुदाय आफैले, आफ्ना लागि, आफै नियम कानुन बनाई सो को परिपालना गर्ने र वन संरक्षण, सम्बर्द्धन एवंम् व्यवस्थापनको माध्यमबाट जैविक विविधताको सुरक्षा गर्दै समुदायको जीवनस्तर उकास्नु सामुदायिक वनको उदेश्य हो । आम नागरिकहरुले सामुदायिक वनको मर्म र भावना बुझेर वनजंगल म र मेरा भावि सन्ततिका लागि हो, यसको जोगाउन मेरो भुमिका हुनु पर्छ भन्ने महसुसिकरण नहुँदासम्म वनमा हुने अवैध चोरी तस्करी नियन्त्रण गर्न नसकिने रहेछ भन्ने तथ्य समुहको जिम्मेवारी लिएको छोटो समयमा बुझ्ने अवसर मिल्यो । त्यसका लागि समुहको तर्फबाट आवश्यक नीति तथा कार्यक्रम बनाई कार्यान्वयन गरिनेछ । मंगलबारका दिन भेटिएका गोलिया काठ श्री पाथिभरा कालिकासामुदायिक बनको घाटगद्धिमा ल्याई गोलिया सुरक्षित गरिएको वन समुहका अध्यक्ष सागर पोर्तेलले जानकारी छ्न ।

बनलाई हामी सबैको मिलेमतोमा सुरक्षा गर्न जरुरी रहेको बताउदै उनले तस्करलाई बन समुहले मात्र रोक्न नसक्ने अवस्था आएको बताएका छ्न ।
सामुदायिक उपभोक्ताको नाममा समेत कटान अनुमति भन्दा बढी रुख काटिने गरेको र बन तथा स्थानीय प्रहरी ,ससस्त्र र उपभोक्ता समितिका समेत तस्कर संग मिलेर बेचबिखन गर्ने गरेको गोप्य सूचना समेत प्राप्त भएको छ ।
जलथल जङ्गल भित्र २२ वटा उपभोक्ता समुह रहेपनी साविक जलथलमा रहेको बन समुहमा मात्र दैनिक जस्तो तस्कर समुहले रुख काटेर लैजाने गरेको स्थानीय उपभोक्ता बताउछ्न । यसैबीच तस्करीको समाचार प्रकासन नगर्न समेत तस्कर समुहबाट पत्रकारलाई धम्की समेत आएको छ ।
