हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

माओवादी परित्याग गरेर एमाले गएका भट्टलाई भेट्न प्रधानमन्त्री प्रचण्ड उनकै निवासमा

कैलाली, २६ चैत । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले सचिव लेखराज भट्टलाई भेटेका छन् । माओवादी परित्याग गरेर एमाले गएका भट्टलाई भेट्न प्रधानमन्त्री प्रचण्डको उनकै निवासमा पुगेका हुन् ।

Advertisement

कैलालीको  गोदाबरी नगरपालिका–१ अत्तरियास्थित भट्टको निवासमा पुगेर प्रधानमन्त्री प्रचण्डले उनीसँग राजनीतिकसहितका विषयमा कुराकानी गरेका हुन् ।

Advertisement

कञ्चनपुरको एक कार्यक्रममा सहभागी हुन जाने क्रममा आइतबार धनगढी विमानस्थलबाट सिधै भट्ट निवास पुगेर माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले उनीसँग भेटवार्ता गरेका हुन् । जसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)