झापाकाे शिवसताक्षी नगरपालिका स्थित दुधे बजार विकास समितिले आज नयाँ कार्यसमिति पाएकाे छ ।

दुधे बाजरमा आज एक कार्यक्रमका विच नयाँ कार्यसमिति गठन गरिएकाे हाे । स्थानीय युवा व्यवसायी तथा समाजसेवी सन्ताेष थाेप्राकाे नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत गठन गरिएकाे हाे ।

११ सदस्यीय नवगठित कार्य समितिमा अध्यक्ष थाेप्रासहित उपाध्यक्षमा सुर्य प्रकाश याेङ्या,काेषाध्यक्षमा मुना विमली, सचिवमा नवराज घिमिरे, सह-सचिवमा गाेपाल नेयाेङ्ग र सदस्यहरुमा मन्जिल नेपाल, शक्तिमान थाम्सुहाङ्ग, सावित्र लिम्बू, दाताराम बिष्ट, लिलामाया तुम्वापाे, सुरेन्द्र नाल्बाे सर्वसम्मतिले चयन भएका हुन ।