हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

रास्वपाका सांसद श्रेष्ठ निलम्बित

हल्दिवारी २६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ ।

Advertisement

आफू स्वास्थ्य मन्त्री बन्नका लागि पार्टीलाई बुझाउन दुई करोड रुपैयाँ चाहिएको भन्दै सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडिओ सार्वजनिक भएको छ ।

Advertisement

उक्त अडिओ सार्वजनिक भएपछि उनलाई निलम्बन गरिएको रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

‘परियारले भने हामीले पनि अडिओ सुन्यौँ । अडिओ सुनिसकेपछि श्रेष्ठलाई निलम्बन गरेका हौ। कानुन अनुसार श्रेष्ठलाई कारबाही हुन्छ । अहिलेलाई भने हामीले निलम्बन मात्रै गरेका छौं श्रेष्ठ समानुपातिकतर्फबाट रास्वपा सांसद भएका थिए

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)