हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

सालकको खपेटा सहित डगरमान र सुरज पक्राउ

ललितपुर, २५ चैत । ललितपुर महानगरपालिका(१७ ग्वार्कोबाट ५ सय ग्राम तौल भएको सालकको खपेटासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेहरूमा मकवानपुर बागमती गाउँपालिका(९ घर भई ललितपुर गोदावरी नगरपालिका(११ चापागाउँ बस्ने ३६ वर्षीय डगरमान डिमडुङ्ग र ललितपुर गोदावारी नगरपालिका(२ घर भई सोही नगरपालिका(७ थैव बस्ने ३५ वर्षीय सुरज तामाङ रहेका छन् ।

Advertisement

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त तौलको खपेटासहित फेला पारी पक्राउ गरेको हो ।  उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय गोदावारी ललितपुरमा पठाइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)