हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

सरकारले सुशासन र विकासमा ध्यान दिन जरुरी : अध्यक्ष लिङ्देन

पोखरा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सुशासन, विकास र जनताको सेवालाई केन्द्रविन्दुमा राखेर सरकार अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ । राप्रपा गण्डकी प्रदेशस्तरीय विस्तारित बैठक एवं अगुवा कार्यकर्ता भेलालाई आज पोखरामा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भन्नुभयो, “हामीले देशकोे व्यवस्था त परिवर्तन ग¥यौँ तर जनताको अवस्था फेर्न सकेका छैनाँै ।”

Advertisement

नेपालमा राजनीति उद्योगका रूपमा विकास भएको भन्दै उहाँले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको छानबिन हुनुपर्नेमा जोड दिनुभयो । “म ऊर्जामन्त्री हुँदा ठूलाठूला निर्णय भए तर मैले एक रुपैयाँ पनि अनियमितता गरिनँ”, अध्यक्ष लिङदेनले भन्नुभयो, “भ्रष्टाचार गर्नु भनेको नेपाली आमाको रगत खानु सरह हो ।”

Advertisement

गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलाको अध्यक्षता राप्रपा गण्डकीका अध्यक्ष पञ्चराम गुरुङले गर्नुभएको थियो । साथै अगुवा कार्यकर्ता भेलापछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले राप्रपा तत्काल सरकारमा नजाने उहाँले बताउनुभयो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)