हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

काेशी प्रदेश बारे अध्यक्ष कमल थापाकाे धारणा

२९ चैत, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले किरॅात धर्म संस्कृति र किरॅातरलिम्बुहरुको पहिचान नै सकिए पछि प्रदेशको नामाकरणको अर्थ नै के रहन्छ र! भनेका छन् ।

Advertisement

उनले सामाजिक सञ्जालमा लेख्दै विगत केही वर्ष यता भैरहेको योजनावद्ध र संगठित धर्मपरिवर्तनको डढेंलोको सबैभन्दा बढि नकरात्मक प्रभाव किरॅात समुदायमा परेको उनले दाबी गरेका छन् ।

Advertisement

अध्यक्ष थापा भन्छन्ः

कोशी प्रदेश नामाकरणको विरोधमा केही किरांती नेता र संस्थाहरुले चलाईरहनु भएको आन्दोलन प्रति मेरो कुनै टिप्पणी छैन। त्यो उहॅाहरुको संविधान प्रदत्त अधिकार हो। तर, उहॅाहरुसंग मेरो अनुरोध छ, उहॅाहरुले खोजिरहेको पहिचानको आधार विस्तारै खस्कंदै गएको वारे समेत जानकारी वा चेतना राखिदिनु भए बेश हुनेथियो। किरॅात वा लिम्बु पहिचानको आधार मुन्धम,किरॅात धर्म संस्कृति र परम्परा हो। विगत केही वर्ष यता भैरहेको योजनावद्ध र संगठित धर्मपरिवर्तनको डढेंलोको सबैभन्दा बढि नकरात्मक प्रभाव किरॅात समुदायमा परेको छ। २०६८ को जनगणनामा कुल जनसंख्याको ३ प्रतिशत रहेको नेपालको तेस्रो किरॅात धार्मिक समुदाय पछिल्लो जनगणना अनुसार करिव १।५ प्रतिशतमा खुम्चेको र पांचौ स्थानमा झरेको अनुमान गरिएको छ। हिन्दु र बुद्धिष्टहरुको संख्या पनि निकै घटेको छ। यस्तो संवेदनशील विषयमा दल, संसद, सरकार र धार्मिक सांस्कृतिक संस्थाहरुको गंभीर ध्यान गएको देखिन्न। किरॅात धर्म संस्कृति र किरॅातरलिम्बुहरुको पहिचान नै सकिए पछि प्रदेशको नामाकरणको अर्थ नै के रहन्छ र! यसवारे ध्यान दिन सम्बद्ध सबैसंग आग्रह गर्दछु।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)