हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

रौतहटमा चल्यो १० राउन्ड गोली, एक जना घाइते

रौतहट – रौतहटको गरुडामा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। बुधबार रौतहटको गरुडामा दीपक यादव र उनका गाउँलेहरुले गरुडा नगरपालिकामा ताला लगाउन पुग्दा प्रहरीले रोक्न खोज्दा यादवका समर्थक र प्रहरीबीच झडप भएको हो।

Advertisement

झडप नियन्त्रणमा लिन प्रहरीले १० राउन्ड हवाई फायरसमेत गरेको हो। यादवका समर्थहरु ढुंगामुढा गरेर ठूलो क्षति पुर्‍याउन खोज्दा प्रहरीले अवस्थालाई नियन्त्रणमा लिन १० राउण्ड गोली फायर गरेका छन्।

Advertisement

गरुडा नगरपालिकामा व्यापक भ्रष्टाचार भएको भन्दै पछिल्लो विभिन्न समयमा आन्दोलन गर्दै आएका स्थानीय दीपक यादवले बुधबार गाउँलेहरुलाई लिएर नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न गरुडा आएका थिए।

मानिसहरुको भिडलाई देखेपछि नजिकै रहेका इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक विरेन्द्र पासवानको कमाण्डमा सुरक्षाकर्मीहरुले नगरपालिकालाई सुरक्षा दिएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)