हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

नेपाल उद्योग तथा ब्यवसाय महासंघ बिर्तामोडकाे अध्यक्षमा युवा ब्यावसायी युवराज

बिर्तामोड । नेपाल उद्योग तथा ब्यवसाय महासंघ बिर्तामोड नगर कमिटीको अध्यक्षमा युवराज निरौला चयन भएका छन् । नेपाल उद्योग तथा ब्यवसाय महासंघ बिर्तामोड नगर कमिटीको दोस्रो नगर अधिवेशनले निरौलाको अध्यक्षतामा दुई वर्षे कार्यकालका लागि ३१ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो ।

Advertisement

बिर्तामोड नगर कमिटीको उपाध्यक्षमा गोमा भट्टराई, उपेन्द्र वानियाँ, सचिव केदार खनाल, सहसचिव किरण पौडेल, कृष्णप्रसाद अधिकारी ,कोषाध्यक्ष अमित वुढाथोकी रहेका छन् ।

Advertisement

त्यस्तै सदस्यहरुमा तुलसी भण्डारी, मिना कट्टेल, माधव खरेल, सन्तोष उप्रेती, तुलसी पाठक, सञ्जय शाह, सेखर दाहाल, चिरञ्जीवी प्याकुरेल, हरी राजवंशी, गणेश कोइराला, राजन निरौला (युवराज) , युवराज गौतम, छविलाल नेपाल, कमला गौतम, शुस्मा गौतम रहेका छन् । अन्य सदस्यहरु मनोनित गरिने बताइएको छ ।

नगर कमिटी अध्यक्ष विवेक निरौलाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रमुख अतिथि साँवा, कोसी प्रदेशसभा सदस्य एकराज कार्की, महासंघका झापा अध्यक्ष प्रलादमणी ओली, महासंघको कोसी प्रदेश अध्यक्ष गणेश बस्नेत, महासंघको केन्द्रीय सदस्य तथा बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनाली , बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।  उपाध्यक्ष युवराज निरौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव गोमा भट्टराईले गरेकी थिइन ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)