हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

पौडी खेल्ने क्रममा तमोर नदीले बगाएर २५ वर्षीय होमनाथ बेपत्ता

धनकुटा, ५ वैशाख -धनकुटाको चौबिसे गाउँपालिका– ४ का एक युवकलाई तमोर नदीले बगाएर बेपत्ता बनाएको छ । तमोर करिडोरअन्तर्गतको सडकमा काम गर्दै आएका २५ वर्षीय होमनाथ मगर पौडी खेल्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

Advertisement

बिहानको खाना खाएर उनी दिउँसो १ बजेतिर पौडी खुल्न तमोर नदीमा गएका थिए । पाँचथरको तुम्बेवा गाउँपालिका–२ सिसौबोट नजिकैबाट पौडिएर उनी नदी पारी गएका थिए ।

Advertisement

पारिबाट वारि काम गर्दै आएको स्थानमा फर्कने क्रममा उनलाई नदीले बगाएको चौबिसे गाउँपालिका–४ का वडाध्यक्ष लोकेन्द्र मगरले बताए । पौडी खेल्न उनी एक्लै गएका थिए ।मगरलाई नदीले बगाएर बेपत्ता बनाएपछि स्थानीय प्रशासन, जनप्रतिनिधि, स्थानीयवासीहरूले खोजी जारी राखेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)