हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

हल्दिबारीमा २ दिन देखि विद्युत सेवा अवरुद्ध

झापाको भद्रपुर नगरपालिका र हल्दिबारी गाउँपालिकामा २ देखी विद्युत् सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरण भद्रपुर वितरण केन्द्रको सब स्टेसनभित्र समस्या हुँदा दुई पालिकामा शनिवार बिहान ३ बजेदेखि विद्युत् सेवा अवरुद्ध भएको हो ।

Advertisement

लामो समयसम्म विद्युत् सेवा अवरुद्ध हुँदा स्थानीय समस्यामा परेका छन् । भद्रपुर वितरण केन्द्रका प्रमुख राजमणि बजगाईँका अनुसार सब स्टेसनभित्रको ११ केभी इनकर्भरमा समस्या आएको हो । समस्या आएपछि विराटनगरबाट प्राविधिक टोली बोलाएर मर्मत कार्य भइरहेको बताउँदै उनले भने, कहिले बन्ला भनी अहिले नै भन्न सकिँदैन, विद्युत् सुचारु गर्न अझै समय लाग्छ । TOP

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)