हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

४३ हजार २५ मतान्तरले लामिछाने विजयी

चितवन, १२ वैशाख । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) उम्मेदवार तथा सभापति रवि लामिछाने भारीसहित विजयी भएका छन् । सत्तारुढ गठबन्धन उम्मेदवार कांग्रेसका नेता जीत नारायण श्रेष्ठलाई ४३ हजार २५ मतान्तरले पराजित गर्दै लामिछाने विजयी भएका हुन् ।

Advertisement

लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर विजयी हुँदा श्रेष्ठले ११ हजार २५१ मत पाए  ।  एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत पाए । यसअघि कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए ।

Advertisement

गत आइतबार चितवन–२, बारा–२ र तनहुँ–१ मा प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन भएको थियो । चितवन–२ मा रवि लामिछाने विजयी हुँदा उनकै पार्टी रास्वपाका उम्मेदवार स्वर्णिम वाग्ले तनहुँ–१ बाट निर्वाचित भएका छन् । उता बारा–२ मा भने गठबन्धन उम्मेदवार तथा जसपा अध्यक्ष उपेन्द्र यादवले अग्रता लिइरहेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)