हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

ढाकाकुमार श्रेष्ठको सांसद पद खारेज

काठमाडौं, १२ बैशाख । ढाकाकुमार श्रेष्ठको सांसद पद खारेज भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले श्रेष्ठको सांसद पद रिक्त भएको जानकारी गराउने कार्यसूचीमा उल्लेख छ ।

Advertisement

एक व्यापारीसँग दुई करोड माग गरेको अडिओ सार्वजनिक भएपछि उनी संलग्न पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी सांसद पद खारेज गर्न संघीय संसद सचिवालयलाई पत्राचार गरेको थियो ।

Advertisement

अहिले प्रतिनिधिसभा बैठक बसिरहेकाे छ ।साेही बैठकमा उनकाे पद रिक्त रहेकाे सभामुख घिमिरेले जानकारी गराउन लागेका हुन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)