हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

टिप्परको ठक्करबाट काठमाण्डौमा एक जनाको ज्यान गयो

काठमाण्डौ – काठमाण्डौमा टिप्परको ठक्करबाट एक जनाको ज्यान गएको छ ।मङ्गलबार राति शङ्करापुर नगरपालिका ६ को धोला टोलमा टिप्परले ठक्कर दिँदा स्थानीय बासिन्दा प्रविण श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ ।

Advertisement

टिप्परको ठक्करबाट घाइते भएका श्रेष्ठको उपचारको क्रममा मङ्गलबार राति नै ज्यान गएको हो । ठक्कर दिने ना १ क ४५६४ नम्बरको टिप्पर चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

टिप्परबाट हुने दुर्घटना रोक्नकै लागि काठमाण्डौमा दिउँसोको समयमा टिप्पर चलाउन नपाउने नियम लागू भए पनि रातिको समयमा टिप्पर तीव्र गतिमा हुइँकिँदा दुर्घटना कम हुन सकेको छैन ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)