हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

चिया निर्यात ३६ करोडले खस्कियो

काठमाडौं । अघिल्ला वर्षहरुमा लगातार बढेको चिया निर्यातको गति गत वर्ष रोकिएको छ ।नेपालले चिया भारत लगायतका तेस्रो मुलुकमा निर्यात भइरहेको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा ३ अर्ब ४३ करोड ४३ लाख रुपैयाँको चिया निर्यात भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३६ करोड रुपैयाँ कम हो ।

Advertisement

अघिल्लो वर्ष ३ अर्ब ७९ करोड ७१ लाख रुपैयाँको चिया निर्यात भएको थियो। विभागका अनुसार परिणामको हिसाबले हेर्दा अघिल्लो आवमा भन्दा गत वर्ष धेरै चिया निकासी भएको थियो । अघिल्लो वर्ष ११ हजार ९ सय २० टन चिया निर्यात भएकामा गत वर्ष १२ हजार ४ सय ९४ टन भएको थियो ।यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

Advertisement

चियाको मूल्यमा आएको परिर्वतनको कारण गत वर्ष धेरै परिमाणमा चिया निकासी भए पनि रकम थोरै भएको हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)