हल्दिवारी ,१९ बैशाख । झापाका सक्रिय सञ्चारकर्मी इन्द्रसिंह राजवंशीलाई मातृशोक परेको छ । प्रतिदिन दैनिकका सम्पादक समेत रहेका राजवंशीकी आमा कलावतीको ८७ वर्षको उमेरमा आज निधन भएको हो ।

दिवंगत राजवंशीको भोलि बुधबार बिहान १० बजे कनकाई माइमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

दिवंगत कलावती प्रति चिरशान्तिको कामना गर्दै मातृवियोगको दुःखद घडीमा रहनुभएका सञ्चारकर्मी राजवंशी एवम् परिवारजनमा हल्दिवारी डटकम परिवार हार्दिक समवेदना प्रकट गर्दछ ।