हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

दाइजो बिना विवाहको कल्पनै गर्न नसकिने ठाँउमा विना दाइजो नै आदर्श विवाह गरे बिनोद र कृतिले गरे

सप्तरी -सप्तरीका एक युवाले विना दाइजो आदर्श विवाह गरेका छन् । जविराज नगरपालिका ५ का यूवा बिनोद यादवले मोरङको जहदा गाउँपालिका १ का अर्जुन यादवकी छोरी कृति यादवसँग आदर्श विवाह गरेका हुन् ।

Advertisement

दाइजो प्रथा व्याप्त तराईमा दाइजो बिना विवाहका लागि कल्पना गर्न नसकिने ठाँउ हो । त्यस्तो ठाँउमा विना दाइजो बिनोदले बिहे गरेपछि अहिले उनको कामको चौतर्फी चर्चा भइरहेको छ । घरमा विवाहको कुरा चलेपछि विना दाइजो आदर्श विवाह गर्ने सहमतिमा मात्रै उनी विवाह गर्न राजी भएको बताइएको छ ।

Advertisement

दुवैतर्फका परिवार शिक्षित भएका कारण उनीहरु बिच बिनादाइजो विवाहका लागि सहमत भएका थिए । दाइजो प्रथालाइ निर्मूलीकरण र समाजमा छोरीप्रतिको सकारात्मक सन्देश दिन आदर्श विवाह गरेको बिनोदले बताए । बिनोद हाल ग्लोबल आईएमई बैंकमा कार्यरत छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)