हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

राष्ट्रपतिद्वारा मिटरब्याज समस्यासम्बन्धी अध्यादेश जारी

काठमाडौं, २० वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० जारी गरेका छन् ।

Advertisement

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार उक्त अध्यादेश जारी गरेका हुन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष उक्त अध्यादेश पठाउने निर्णय गरेको थियो ।

Advertisement

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा  मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए  । सरकारले मिटरब्याजपीडितको समस्या समाधानका लागि उक्त अध्यादेश ल्याएको हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)