समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

स्थलमार्गबाट भारत पुग्ने नेपालीलाई हवाईमार्गबाट फर्कन पासपोर्ट नै चाहिने

 परराष्ट्र मन्त्रालयले गरेको औपचारिक आग्रहपछि भारतीय अध्यागमनले ‘नेपालका स्थलमार्गबाट दिल्ली पुग्ने नेपाली यात्रुले विमानबाट काठमाडौं फर्कन नपाउने’ नियम अनिवार्य गरेको छ ।

Advertisement

दिल्लीस्थित नेपाली दूतावासले जारी गरेको सूचनामा यात्रुले आफ्नो राहदानीमा ‘प्रस्थान छाप’ ९डिपार्चर स्टाम्प० भएको अवस्थामा मात्रै भारतीय अध्यागमनले ‘आगमन छाप’ (एराइभल स्टाम्प) लगाउने स्पष्ट प्रबन्ध कायम भएको जनाएको छ ।

Advertisement

यो सूचनापछि परोक्ष रूपमा नेपाल–भारतका नागरिकले हवाईमार्ग हुँदै एकअर्को देशमा आवतजावत गर्न नागरिकता वा अन्य प्रामाणिक पहिचानपत्र प्रयोग गर्न पनि नसक्ने भएका छन् । ‘नागरिकतामा एराइभल वा डिपार्चर स्टाम्प लगाउन असम्भव रहेको र यसबारेको रेकर्ड पद्धतिसमेत प्रभावकारी नभएका कारण अब आवागमनमा पासपोर्ट प्रयोगका लागि यात्रुलाई प्रोत्साहित गरिनेछ,’ अध्यागमन विभागका एक अधिकारीले भने ।

दिल्लीस्थित उपनियोग प्रमुख भरतकुमार रेग्मीका अनुसार, ‘दिल्ली आउने नेपाली यात्रुको पासपोर्टमा इन्ट्री परमिट देखियो भने मात्रै भारतीय अध्यागमनले एक्जिट–परमिट दिने नियम अनिवार्य’ भएको छ ।‘यो नियमको व्यवस्था हाम्रो अन्तरसरकारी समन्वयमार्फत परराष्ट्रले भारतलाई गरेको अनुरोध बमोजिम हो, यसकारण यो व्यवस्थामा पारस्परिक समान हैसियतको व्यवहार (रेसिप्रोकिसिटी) आवश्यक रहन्न,’ रेग्मीले भने ।

आवागमनमा यो ‘असमान प्रबन्ध’ लागू भएको अवस्थामा पशुपति दर्शनमा स्थलमार्गबाट आएका भारतीयले भने काठमाडौंबाट विमान चढेर सहजै दिल्ली उत्रन पाउनेछन् । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article